अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता

0
30

अन्तर्राष्ट्रिय बडी-बिल्डिङ प्रतियोगितामा ननिता  महर्जनले कास्य पदक जिती नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा महर्जनले कास्य पदक जितेकी छन्। ३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन्।bodi

ननिता  महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन्। उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको बताइन्। ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्। पाँच महिला बडी-बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन्। रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितेकी छन्।nanita

तीन वर्षअघि आफ्नो तौल घटाउन जिमहल पुगेकी उनै ननिता विश्व बडीबिल्डङ च्याम्पियनसिपमा भाग लिने पहिलो नेपाली महिलाको पहिचान बनाउँदै ५ फिट ५ इन्च अग्ली ननिताकास्य पदक जितेकी छन् कास्य पदक जितेकी छन्।विश्वका ५९ राष्ट्रले भाग लिएको यो प्रतियोगिताको आफ्नो स्पर्धामा उनी उत्कृष्ट ५ भित्र प्रवेश गर्ने सम्भावना देखिएको थियो तर उनले सपना साकार पार्दै पदक हात परेकी हुन् ।