१२ बुँदे सम्झौतामा हस्ताक्षर संगै केसीले अनसन तोडे

0
20

govinda-kcवरिष्ठचिकित्सक  केसीले २२ दिनदेखि लामो अनसन आइतबार बिहान ११ बजे डा. केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै  तोडेका छन्। यससँगै लामो समय अनसन बस्दा गलेका केसीले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षरपछि भूकम्पमा परेका अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट अनसनस्थलमा जुस पिएका हुन् । 

त्रिवि शिक्षण अस्पतालको गणेशमानसिंह भवन प्राङ्गणमा निस्किएर जुस पिउने योजना भए पनि स्वास्थ्य अवस्था कमजोर हेका केसी भवन प्राङ्गणमा निस्किन सकेनन् । चिकित्सा शिक्षामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको थियो। सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।