गीतकार सुन्दर पन्त द्वारा लिखित तीन कृति एकैसाथ विमाचन

0
34

बरिष्ठ गीतकार तथा निर्देशक यादब खरेलले काठमाडौको प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बैकुण्ठ मन द्वारा आयोजित एक समारोहमा गीतकार सुन्दर पन्त द्वारा लिखित तीन कृति एकैसाथ विमाचन गरेका छन् ।

वरिष्ठ साहित्यकार, निर्देशक, संगीतकार, गायक तथा कलाकारहरुको समुपस्थितिमा कवि तथा गीतकार पन्तको कविता संग्रह “अनामिका” एवं गीति संग्रह “सार्थक” र “नाता”को एकैसाथ विमोचन गरिएको हो ।

समारोहमा संगीतकार महेश खड्का, गीतकार चुडामडी देबकोटा लगाएतका साहित्यकार तथा संगीतकर्मीहरुले कृतिको समिक्षा गरेका थिए । सो अवसरमा गीति संग्रह “नाता”मा समाबेश गरिएको प्रकाश धिताल निर्देशित संगीतकार प्रमोद पन्तको संगीत र प्रमोद खरेलको आवाज रहेको एक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

साथमा भिडियो पनि हेर्नुहोस

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस