केही गर्छु भन्ने जाेस र उर्जा छ युवाहरुमा : सदस्य पाैड्याल

0
6

नेपाल शान्ति स्काउट आफ्नो लक्ष्य र गतिबिधिमा अग्रसर हुँदै अगाडि बढ्दै गरेकाे छ । ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।

बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित ‘मिट एन्ड ग्रीट (Meet and Greet) कार्यक्रममा कार्यक्रम संचालक तथा शान्ति स्काउटका रास्ट्रिय कार्यकारी सदस्य नारायण प्रसाद पाैड्यालले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै उक्त कुरा बताउनुभयो। काठमाण्डौंस्थित बिभिन्न युवा क्लबहरु, कलेजहरु र नेपाल शान्ति स्काउटका राष्ट्रिय पदाधिकारीहरुबीच भएको अन्तरक्रियात्मक कार्यक्रममा सयपत्री युवा क्लबका अध्यक्ष अमृत कुइंकेल र नेपाल ब्लड एशोशियनका रास्ट्रिय सदस्य तथा PEAN का महासचिव धर्म फुयालले स्काउटको महत्त्वबारे प्रकाश पार्नुभयो।

लामो समयसम्म स्काउटमा रही लामो अनुभव संगालेका शान्ति स्काउटका राष्ट्रिय आयुक्त एम्. पी. मैनालीले स्काउटिङ् बिद्यालयीय शिक्षाको अभिन्न अंग रहेको र यसबाट ब्यवहारिक ज्ञान तथा जीवनपयोगी सिप प्राप्त गर्न सकिने हुँदा स्काउटिङ् शिक्षा विद्यालय र कलेजहरुमा अपरिहार्य हुने कुरा बताउनुभयो। त्यसैगरी रास्ट्रिय प्रमुख आयुक्त सुधन मरासिनी र महासचिव तथा प्रशिक्षक अंकित अधिकारीले नेपाल शान्ति स्काउटका बारेमा धेरै कुराहरुबारे प्रकाश पार्दै सहभागीहरुका जिज्ञासा तथा प्रश्नहरुमाथि प्रस्ट पार्नुभयो भने रास्ट्रिय अध्यक्ष अजित खड्काले बिभिन्न उत्प्रेरणात्मक प्रसँग तथा कथाहरुमार्फत् कार्यक्रमलाई रोचक बनाउंदै सहभागीहरुलाई स्काउट र सामाजिक कार्यहरुप्रति समर्पित रहन प्रेरित गर्नुभयो।

आयुक्त एम. पी.मैनालीले झैँ उहाँले पनि जीवनपयोगी सिप जस्तै आत्मरक्षाको तालिम, प्राथमिक उपचार, बिपत ब्यवस्थापन तालिम, आपत्कलीन सहयोग तालिम, ट्राफिक चिन्हको पहिचान र प्रयोग, फोहरमैला ब्यवस्थापन र घरपरिवार समुदाय सरसफाइ, मानव अधिकार र न्यायसम्बन्धी हक, युवाका अवसर र चुनौती, सामाजिक उत्तरदायित्त्व, आध्यात्मिक चिन्तन र सँकृतिप्रतिको सम्मान, रास्ट्रिय सम्पदाको पहिचान र सम्रक्षण, आदि सामान्यदेखि माथिल्ला तहसम्मको ज्ञान, चेतना, सिप र क्षमता बृद्धिका निम्ति स्काउटिङ् अपरिहार्य हुने कुरा बताउनुभयो।

कार्यक्रममा प्राइम कलेज, सेन्ट जेभियर्स्, हेरल्ड, KMC कलेज, अप्लाइड् कलेज अफ बिज्नेस्, नाथम, आदि कलेजका बिद्यार्थीहरु, बिभिन्न क्लबका सदस्यहरु, र अन्य सहभागीहरुले उत्साहपूर्वक सहभगिता जनाएका थिए।फेरि फेरि यसै गरि अन्य कार्यक्रम पनि संचालन गर्दै जाने शान्ति स्काउटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस