स्याङ्जाको वालिङमा खुल्यो ठूलो डिपार्टमेन्ट स्टोर्स

0
630

स्याङ्जाको वालिङमा जिल्लाकै ठूलो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स प्रा.लि.ले दुई करोडको लगानीमा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्ट स्टोर्समा लत्ता कपडा बाहेकका सबै सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

“पहिलो चरणमा खाद्यान्नका सामग्री, बच्चाका खेलौनाहरु, भान्छामा प्रयोग हुने सामानहरु, कस्मेटिक सामान तथा गाउँवेशी ट्राभल्स एण्ड टुर्स लगायतका सेवाहरु एउटै छानामुनी उपलब्ध गराएका छौं” कम्पनीका सञ्चालक सुदन श्रेष्ठले भन्नुभयो, “आगामी माघभित्रमा सुविधासम्पन्न लज, क्यू एफ एक्स सिनेमा हल, स्विमिङ पुल र दुई वटा सेमिनार हलहरु एउटै भवनभित्र निर्माण सम्पन्न भैसक्ने छन् ।”

डिपार्टमेन्ट स्टोर्सको आज एक समारोहकाबीच वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले उद्घाटन गर्दै वालिङमा बढदै गएको शहरीकरणको विकाससँगै सेवाग्राहीहरुको मागलाई ध्यानमा राख्दै सञ्चालनमा आएको स्टोर्सको सफलताको कामना गर्नुभयो । उहाँले यस क्षेत्रको आर्थिक समृद्धिमा सहयोग पु¥याउने र आगामी दिनमा पनि यस्तै ब्यवसायिक भवनहरु निर्माण हुनु आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।

“कम्पनीले सञ्चालन गर्ने लज २० कोठाको रहने जसमा १२ वटा एट्याच र ८ वटा डिलक्स सुविधासहितको हुने छ” कम्पनीका सञ्चालक सन्तोष श्रेष्ठको भनाई थियो । कम्पनीले सञ्चालन गरेको स्टोर्समा दशैं तिहारको अवसरमा कार्तिक ५ गतेसम्म नुन, तेल र चामलबाहेक अन्य सामानको खरिद मुल्यमा ५ प्रतिशत छुटको ब्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस