लोक गायिका कलाले यो तिजमा युरोपमा कमाल गर्ने

0
90

नेपाली गायक गायिकाहरु अब नेपालको कार्यक्रममा मात्र सिमीत हुन छाडेका छन् । नेपाली उत्सब मोहोत्सब तथा चाड पर्वहरुमा नेपाली गायक गायिकाहरु समेत संगीतिक कार्यक्रम लिएर बिदेश भ्रमण गर्ने गरेको पाईन्छ । नेपाली चाडपर्वहरुमा गीतसंगितको छुट्टै मह्त्व रहेको छ । यसपालिको तिज नजिकिए सँगै नेपाली लोक गीतसंगीत तीजमय बनेको छ। यो मौसममा तीज गीतहरूको बाढी नै आइरहेको छ।

नेपाली लोक दोहोरी गीत संगितमा कला लम्साल चर्चित नाम हो । युवा जगतमाझ चर्चित गायीकाले यसपालिको तिजमा सितल शर्मा र शिब हमालको साथमा महारानी बोलको तिज गीत बजारमा ल्याएकी छन् । गीतमा शब्द र लय स्याङ्जाली गायक शिव हमालको रहेको छ। उनै गायिकाले यस पटकको तिज भने युरोपमा मनाउने भएकी छन् । नेपाली महिलाहरुको महान चाड हरितालिका तथा तिजको अबसरमा शान्ति नेपाली समाज बेलायतले आयोजना गर्ने कार्यक्रमका लागि युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुको निमन्त्रणामा कला युरोप भ्रमण गर्न लागेकी हुन् । भाद्र १६ देखी युरोपको बेलायत, जर्मनी, स्विडेन, डेनमार्क लगायतको कलाको भ्रमणमा गायिका श्रीजु अधिकारीले समेत साथ दिने छिन् । अघिल्ला तीजमा पनि छड्के तीलहरी, छड्के तीलहरी–२ जस्ता विभिन्न तीज गीत ल्याएकी कला बिशेष गरेर लोक समाजमा बोलिने शब्द र पारीवेशका भाखालाई सन्कलन गरेर गाउँन मन पराउछिन् ।

कला लम्सालले यस अघी रसिया, युएई, भारतलगायतका देशका विभिन्न शहरहरुमा आफ्नो सांगीतिक प्रस्तुती देखाइकेकी छिन्। गायिका लम्सालले हाम्रो सेरोफेरो सँग बिशेष कुरा गर्दै यसपाली को तिज देखी दसैं सम्म युरोप भ्रमणमा नेपाली सस्क्रती र नेपाली गीत संगितको प्रबर्धन गर्ने बिशेष लक्ष रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस