देश भर नेपाली कांग्रेसको सरकार बिरुद्ध पर्दर्शन तथा बिरोध कार्यक्रम

0
35

नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ । सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो ।बिरोध कार्य्क्रममा सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस