सरकारको दमन बिरुद्ध हजारौ बिद्यार्थी सडकमा, यो सरकारलाई नेबिसंघले घोडा टेकाई छोड्छ- अध्यक्ष महर

0
46

आज राजाधनी सहित ७७ ओटै जिल्ला सदरमुकाममा सरकारले गरेको मुल्य बृद्धि बिरुद्ध सिट्ठी जुलुस सहित प्रदर्शन गरेको छ ।
नेपाल सरकारले ईन्धनमा गरेको मुल्ल्य बिरुद्ध र सो मुल्यबृद्धिको बिरोधमा नेबिसंघको सडक आन्दोलनमा प्रहरीले गरेको दमन बिरुद्ध आज हजारौ बिद्यार्थीहरु सडकमा उत्रिएका छन् । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिको आवहाँनमा पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा सिट्ठी जुलुस सहित भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नैन सिंह महरले केपी ओलीको सरकारले १०० दिनमा ५ पटक सम्म ईन्धनको मुल्य बढाएर जनताको जीवन सँग खेलवाड गरेको बताउनु भयो । ईन्धनको मुल्य बढ्दा सार्वजनिक यातायातको मात्र मुल्य बढेको छैन यस कार्यले ट्रकको समेत भाडा बढेकोले दैनिक जीवनमा उपभोग्य सामाग्रीको समेत मुल्य बढ्न गएको छ जसले निम्नमध्यम बर्गका जनता प्रत्यक्ष मारमा परेको बताउनु भयो । यो मुल्य बृद्धि तत्काल फिर्ता नलिए नेबिसंघ अझ कडा आन्दोलन छेड्ने घोषणा गर्नु भयो। अनी त्यो आन्दोलनले केपी ओलिको नेत्रित्वको बर्तमान सरकारलाई जसरी पनि घुडा टेकाएर छोड्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेबिसंघ महामन्त्री सरोज कुमार थापाले केपी ओली सरकारले चुनाव अगाडि आश्वासन दियो तर चुनाव पछी नेकपाको सरकारले राष्ट्रियतालाई आफ्नो स्वार्थ संग साटेर जनतालाई भ्रममा राखेको बताउनु भयो । त्यस्तै अर्का महामन्त्री आनन्दराज त्रिपाठीले सरकारले बिद्यार्थी माथि दमनको निती लिएको बताउदै राणा र राजाले जसरी प्रजातन्त्र पक्षधरमाथी दमन गर्दा कसरी पतन भएको स्मरण गर्दै यो सरकारको हालत नि त्यस्तै हुने चेतावनी दिनुभयो ।
बिरोध र्याली पछीको कोडसभामा बोल्दै नेबिसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले सरकारले तत्काल मूल्य बृद्धि फिर्ता नलिए सरकारले ठुलो मुल्य चुकाउनु पर्ने अवस्था आउने बताउनु भयो । हिजो भएको मसाल जुलुसमा संघतिक आक्रमण गरी बिद्यार्थी माथि आक्रमण गर्नेलाई नेबिसंघले कदापी माफि नदिने बताउनु भएको छ। कार्यक्रममा सहमहामन्त्री प्रेम राज जोशी, साधाना घिमिरे लगाएतले मूल्य बृद्धि बिरुद्ध आफ्नो धारणा राखेका थिए। विश्वभासा क्याम्पस बाट सुरु भएको हाजारौ बिद्यार्थीको सिट्ठी जुलुस पद्मोदय मोड, पुतलिसडक, बागबजार, कमलादी, त्रिचन्द्र कलेज, घण्टाघर, रत्नपार्क, पुरनो बसपार्क हुँदै भ्रीकुटी मण्डपमा आई कोडसभामा पारीण्त भएको थियो । आजै बसेको नेबिसंघको आकास्मिक बैठकले तत्काल थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको नेबिसंघ प्रबक्ता प्रेमराज जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस