ब्यवसाहीलाई कारबाही सुरु , नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटाई कम्पनीका मात्रै राखिने निर्णय

0
28

सरकारले नयाँ बसपार्क  भित्र सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात ब्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

काउन्टर हटाउन लोत्सेले प्रहरी सँग सुरक्षा मागेको छ । त्यसअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ । अब बसपार्कभित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थित रुपमा मात्रै राखिने भट्टराईले बताए । अहिले नयाँ बसपार्क भित्र रहेका समितिका काउन्टरहरुमा बिचौलियाको बिगबिगी छ । सही किसिमबाट व्यवस्थापन नगरिादा बसपार्कभित्रै यात्रु ठगिनेर लुटिने समस्या छ । अब कम्पनीका मात्रै काउन्टर राख्ने र त्यसलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना बनेको छ ।

धमाधाम ब्यवसाही पाक्राउ
शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका धेरै व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् । गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीहरुलाई यातायात व्यवसायी पक्राउ गर्न निर्देशन दिएपछि धमाधम पक्राउ पर्न थालेका हुन् । सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।

सरकारले  हड्तालमा उत्रिएका सार्वजनिक सवारीको रुट परमिट खारेज गर्न सुरु गरेको छ । यसअघि रुट इजाजत विपरित सञ्चालन हुने ठगी गर्ने सवारीले रुट निलम्बन गरिए पनि हड्ताल गरेबापत कुनैपनि सवारीको रुट इजाजत खारेज भएको थिएन ।  यातायात व्यवस्था विभागले शुक्रबार सिनामंगल-एनएसी रुटमा चलिरहेका २६ माइक्रोको रुट इजाजत खारेज गरेको छ । धमाधाम ब्यवसाही पाक्राउ

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका धेरै व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् । गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीहरुलाई यातायात व्यवसायी पक्राउ गर्न निर्देशन दिएपछि धमाधम पक्राउ पर्न थालेका हुन् । सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस