संगीत्कार टिका भण्डारीको संगीतमा तिम्रो मन सँग आज लिएर आए गायक बीरेन्द्र श्रेष्ठ

0
43

बिगत केही बर्ष देखी संगीतिक क्षेत्रमा राम्रो उपस्थिती देखएका गायक बीरेन्द्र श्रेष्ठले रोमान्सले भरिपूर्ण आधुनिक गीत नेपाली बजारमा भावसागर यु टिउब च्यानल मार्फत श्रोता माझ ल्याएका छन । मन्डला थिएटरका कलाकार सन्दिप श्रेष्ठ र ज्ञ थियटरका सब्बु गुरुङको अभिनय रहेको यस भिडियोलाई नबिन भाट्टले आफ्नो निर्देशकिय चत्मत्कार देखाएका छन् ।भिडियोमा गायक श्रेष्ठले सन्दिप श्रेष्ठ र सब्बु गुरुङलाई उत्कृष्ट अभिनय गराई दर्शक श्रोता माझ मुल्याङ्कनका लागि प्रस्तुत गरेका छन् । संगीतिक आकाशमा हजारौ गीतलाई संगीत गरिसकेका संगीत्कार टिका भण्डारीको उत्कृष्ट संगीतमा बनेको “तिम्रो मन सँग आज” प्रेममा पुलित भएर टन्क सुब्बाले आफ्नो भाव यस गीत मार्फत पोखेका छन् ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।

सुचिन्ता एल्बममा समाहित यो गीत गायक श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा श्रोता दर्शक मार्फत उपहार दिएका हुन् । टिका भण्डारीको कम्पोजमा सम्भु तण्दुकारले श्रेष्ठको स्वरलाई कैद गरेका हुन् । यो भिडियोलाई नबिन भट्टले निर्देशन गरेका छन् भने दर्शक माझ भाबसागर इन्टरटेण्मेन्टले आज ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस