ग्यास उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

0
8

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी भएको छ । आज बिहान वीरगञ्ज महानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको हो । प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् ।

उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा लगिएकाे छ । दमकलमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् । ग्यास ऊद्योगभित्र कति मानिस थिए भन्ने पनि खुल्न सकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी आगलागी नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागीका कारण बस्ती छाडेर स्थानीय सुरक्षित स्थलतर्फ लागेका छन् । झण्डै पाँच किलोमिटरसम्म टाढा जान आग्रह समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस