आफु हार्ने देखेपछी गल्याङ नगरपालिकामा एमालेका उमेदवारले काँग्रेसका कार्यकर्ता कुटे

0
317

स्याङ्जा सम्बाददाता,
जिल्ला समाचार

गल्याङ नगरपालिकाको वडा नं. ७ का एमालेका उमेदवारले बैशाख २३ गते राती काँग्रेसका कार्यकर्तालाई कुटपिट गरी घाईते बनाएका छन्। वडा सदस्यका उमेदवार चण्डीप्रसाद भण्डारीको नेतृत्वमा सोही गाविसका कार्यकर्तामाथी कुटपिट गर्दा ४ जना काँग्रेसका कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरुमा २३ बर्षिय गंगाधर पाठक, २१ का सुर्दशन भण्डारी, १८ का सुदिप भण्डारी र २१ का प्रदिप भण्डारी घाईते भएको ईलाका प्रहरी गल्याङले जनाएको छ। घाईतेहरुको पोखरास्थित फेवा अस्पतालमा उपचार भइरहेको छ।

घरदैलो कार्यक्रम गरी घर फर्कदै गर्दा एमालेका उमेदवार भण्डारीले उमेद्वारी फिर्ता लीई आफुलाई चुनावमा सहयोग गर्न दवाव दिएपछि विवाद सिर्जना भएको प्रहरीको भनाई छ। अहिले सम्म प्रहरीले उमेदवार भण्डारीलाई पक्राउ गरेको छैन भने कुटपिटमा संलग्न अन्य फरार रहेको प्रहरीको भनाई छ। बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा अगावै झडपका घट्नाहरु हुन थालेपछि सुरक्षा निकायलाई चुनौती थपिएको छ। यस अघी पनि त्यस स्थानमा एमाले कार्यकर्ताले काङ्रेश कार्यकर्तालाई बिभिन्न बहानामा दु:खदिने गरेको स्थानियले बताएका छन्।

घट्ना भएको खबर पाए लगत्तै प्रहरीको टोली हिंडेको तर घट्ना स्थलमा पुग्न यातायातको कठिनाईले समयमा पुग्न नसकेको बताइएको छ। प्रहरी घट्नास्थलमा नपुग्दै काँग्रेसका नेताहरुले घाईते ४ जनालाई एम्वुलेन्स मार्फत बाटोमा ल्याउदै गरेको अवस्थामा फेला पारेको र सोधपुछ गर्दा एक जना गम्भिर र तीन जना सामान्य घाइते भएको गल्याङ प्रहरी चौकीले बाताएको छ । यसको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस