आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न

0
15
आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्य तथा क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको उक्त भेलामा वक्ताहरुले ०७४ बैशाष ३१ गते हुने निर्वाचनमा कांग्र्रेसलाई बहुमतले जिताउनु पर्ने धारणा राखेका थिएकार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले संबिधान कार्यान्वयन र स्थानीय तहको निर्बाचन गर्ने प्रमुख जिम्मेबारी नेपाली कांग्रेसमा आएकोले नेता, कार्याकर्ताले संयमता अपनाएर निर्बाचन सफल बनाउन आग्रह गर्नुभयो ।
विद्धमान मधेसको मुद्धामा नेपाली कांग्रेस सम्बेदनशिल भएको बताउदे नेता कण्डेलले त्यस्को लागि संसोधन प्रस्ताव पारित र चुनाव संगसँगै लैजान पार्टि प्रतिबद्ध रहेको उँहले धारणा ब्यक्त गर्नुभयो ।लामो समयपछि स्थानिय चुनाव हुन लागेको बताउदै नेता कण्डेलले यो चुनाव जनताको हक अधिकार घरदैलो सम्म पुर्याउने भएकाले सबै समुदायले निर्वाचनमा गई आफ्नो जनमत देखाउन आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो ।
कार्यक्रममा नपाली कांंग्र्रेसका जिल्ला सभापति विष्ण लामिछाने, सचिव विक्रम यादव, सदस्य पलकधारी गुप्ता , क्षेत्रिय सचिव माधव पाण्डे, तरुणदलका क्षेत्रिय सभापति ओम पुन, रामग्राम नगर सभापति नारायण रेग्मी, नेपाल पत्रकार महासंघका पुर्व सचिव पुरुषोत्तम सुबेदी, बैजनाथ जयसवाल, स्थानिय चुनावमा सबै एकजुट हुन आवश्यक रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस