जिल्ला समाचार-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोक्यो

0
18
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोक्यो
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोकेको छ । मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो । त्यसैगरी नयाँ सरंचना अनुसार आज विभिन्न गाउँपालिकाहरुमा नाम सहितको बोर्ड झुण्ड्याउने र कार्य सम्पादन उद्घाटन गर्ने कार्यक्रम रहेकोमा मधेशी मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेपश्चात स्थगित भएको छ ।
नयँ सरंचना अनुसार दाउन्ने पश्चिमका त्रिबेणी सुस्ता, प्रतापपुर, पालिनन्दन र सरावल गाउपालिकामा उक्त कार्यक्रम स्थगन भएको हो । कार्यक्रम स्थगन भएपनि साविकका गाविसहरुका नयाँ सरंचना अनुसारका वडा कार्यालयहरुबाटै सेवा प्रदान गरिने स्थानिय विकास अधिकार युवराज कट्टेलले जानकारी दिनुभयो । नेपाल सरकार सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालयको चैत्र ३ गतेको निर्णय अनुसार ७ वटै प्रहेशका ४सय ८१ गाँपालिकामा कार्यकारी अधिकृतहरलाई खटाइएको छ ।
जसअन्र्तगत नवलपरासीका दाउन्ने पश्चिमका त्रिबेणी सुस्तामा जिवलाल श्रेष्ठ, प्रतापपुरमा रुद्रलाल भुषाल, सरावलको झविश्वर रेग्मी र पाल्हीनन्दन गाउँपालिकामा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ । नवलपरासीमा नयाँ सरंचना अनुसार ७ नगरपालिका र ८ गाँउपालिका गरी १५ स्थानिय तह बनाइएको छ । प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रमा ४ नगरपालिका सहित ५ गाउपालिका रहेका छन भने प्रदेश नम्बर ५ परासी क्षेत्रमा ३ नगरपालिका सहित ३ गाउपालिका रहेका छन ।
 
 
 

प्रतिक्रिया दिनुहोस