नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एक युवक नदीमा डुबेर वेपत्ता

0
7

नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एक युवक नदीमा डुबेर वेपत्ता भएका छन् ।मलामी गएका कावासोती १४ डण्डा निवासी २७ बर्षीय सोमनारायण थनेत अमलटारीघाटमा नारायणी नदीमा नुहाउने क्रममा विहीबार वेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मलामी जादा चोखीनका लागि नदीमा नुहाउनेक्रममा बगेपछि संगै भएका साथीहरुले उद्धारको प्रयास गरेको भएपनि बचाउन नसकीएको प्रत्यक्षदर्शीले बताएका छन्

प्रतिक्रिया दिनुहोस