नवलपरासीका गाविस सचिव आन्दोलनमा , सेपाग्राहि समस्यामा

0
10

प्रोत्साहन भत्ता नपाएको भन्दै नवलपरासीका गाविस सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । गाविस सचिवको आन्दोलनका कारण सेवाग्राहीलाईसास्ती भएको हो । नवलपरासिका गाविस सविचहरुले आफ्नो कार्यालयको छाप जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् । माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले बिहीबारदेखि सबै काम रोकिएको गाविस हकहित संरक्षण केन्द्रक नेपाल जिल्ला कार्य समिति नवलपरासिका अध्यक्ष राजेन्द्र देवकोटा बताउनुभयो ।

अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, गाउँपालिका–नगरपालिका पुनसंरचान गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवा बन्द गर्न नहुने स्थानीय निकायको चुनाव हुनुपर्ने गरि पाँचबुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिदा समेत यसप्रति चासो नदेखाएको अध्यक्ष देवकोटा बताउनुभयो ।