नेपाल नेत्र ज्योती साखा कार्यालय परासीको २७ औं साधरण सभा सम्पन्न

0
8

नेपाल नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती संघले निर्वाह गरेको बताउनु भएको छ । नेपाल नेत्र ज्योती साखा कार्यालय परासीको २७ औं साधरण सभा तथा डाक्टर बिनोद -निता कण्डेल आँखा अस्पतालको स्थापना दिवसमा नवनिर्मित २२ सैयाको  आँखा अस्पताल भवनको उद्घाटन गर्दै नेपाल नेत्र ज्योती संघका केन्द्रिय अध्यक्ष मिश्रले आँखा सबैभन्दा सम्बेदनशिल अङ्ग भएको तर नेपाल सरकारको आफनो अहिले सम्म कुनैपनि आँखा अस्पताल नभएको अवस्थामा नेत्र ज्योती संघले अहम भुमिका निर्वाह गरेको बताउनु भएको हो ।

नेपाल नेत्र ज्योती संघ साखा कार्यालय नवलपरासीकी सभापति मन्जु कण्डेलको सभापतित्वमा तथा केन्द्रिय अध्यक्ष प्रा.डा तिर्थ प्रसाद मिश्रको प्रमुख आतिथ्यमा १ करोड ३९ लाखको लागतमा उक्त भवनको हिजो बिहीवार उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै अस्पतालकी ब्यवस्थापन समितिकी अध्यक्ष मञ्जु कण्डेलले परासी क्षेत्रमा सम्पुर्ण उद्योगि ब्यवसायी सहित राजनितिक र समाजसेवी ब्यवक्तित्वको राम्रो सहयोग रहेको निकट भविष्यमै महेशपुर परासी सडक खण्ड अन्तर्गत परासीमा रहेको २ बिगहा १० कठ्ठा जग्गामा सुबिधा सम्पन्न आँखा अस्पताल निर्माण हुने योजना सहित कार्य अघि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि एंंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले नेपाल नेत्र ज्योती संघको आँखा उपचारवाट भारतको युपी र बिहारका अधिकांस विरामीहरु लाभान्वीत भएकाले निकट भविष्यमा निर्माण हुने सुबिधा सम्पन्न अस्पतालको भवन निर्माणमा भारतीय दुताबासको बिशेष सहयोग रह्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस