कपास उद्योगमा आगलागी

0
22

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको कपास उद्योगमा आगलागी भएको छ।
वीरेन्द्रनगरको तीनकुने चोकमा रहेको कपास उद्योगमा लागेको आगोबाट उद्योगको सम्पूर्ण कपास नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुई वटा गाडीमा गएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य जारी छ। मेसिनहरुमा पनि क्षति पुगेकाले यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस