देशभर सुविधासम्पन्न्न पेट्रोल पम्पहरु खुल्ने

0
28

अब देशभर सुविधासम्पन्न्न पेट्रोल पम्पहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधाराण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेको छ । र, ठूला पम्प खोल्ने प्रक्रिया अघि बढाएको छ ।निगमले ठूला र आधुनिक प्रविधि तथा सुविधायुक्त नमुना पम्प सञ्चालन गर्ने गरी बिक्रेता विनियमावलीमा संशोधन गरेको छ ।अब साधारण विक्रेताको सट्टा निगमले ठूला विक्रेताहरुको खोजी गर्नेछ । अब खुल्ने पम्प ठूलो क्षेत्रमा फैलिएका अत्याधुनिक र सवारीमैत्री हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।अब राजमार्ग क्षेत्रमा ठूला पम्पहरु खुल्नेछन् । यसका लागि हामीले प्रस्ताव आह्वान गरेका छौं खड्काले भने अब सवारीले आधुनिक पम्पमा तेल हाल्न पाउनेछन् । अन्तर्राष्ट्रिय स्तरका पम्प खुल्ने गरी हामीले निजी क्षेत्रलाई आह्वान गरेका छौं ।

निगमले अबको एक महिनाभित्र ठूला पम्प खोल्ने योजना पेश गर्न सार्वजनिक आह्वान गरेको हो । राजमार्ग क्षेत्रमा ठूला र अत्याधुनिक पम्प खोल्न चाहानेले निगमबाट सजिलै स्वीकृति पाउनेछन् ।निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । तर अब राजमार्ग क्षेत्रमा साना पम्पका लागि अनुमति नदिने गरी यसलाई खोलिएको छ ।अब निगमले तोकेको मापदण्ड पुर्‍याउने अत्याधुनिक पम्पले मात्रै सञ्चालन अनुमति पाउने निगमका वितरण विभाग प्रमुख सिताराम पोखरलेले बताए । कार्यबिधिले राजमार्ग क्षेत्रमा ठूला लगानी हुने पम्प मात्रै खुल्ने ब्यवस्था गरेको हो ।

अब खुल्ने पम्पका लागि करोडौं लगानी आवश्यक हुने देखिएको छ भने साना ब्यवसायी पम्प खोल्न सक्ने अवस्थमा रहने छैनन् ।निगमले विभिन्न प्राविधिक शर्तहरु राख्दै मापदण्ड तोकेको छ । अब खुल्ने पम्पहरु साँघुरा हुने छैनन् ।ठूला पम्पहरुले राजमार्गको शोभा पनि बढाउनेछ । अब तराई क्षेत्रमा यस्तो पम्प खोल्न न्युनतम् एक बिगाह जमिन चाहिनेछ । यो भन्दा कम जग्गा राखेर पम्प चलाउन नयाँ अनुमति नै दिइने छैन ।पहाडी तथा हिमाली जिल्लामा पम्प खोल्न कम्तिमा ५ रोपनी जग्गा चाहिनेछ । भित्री मधेशका जिल्लाहरु उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, दाङ र सुर्खेत जिल्लामा पनि यही जग्गाको मापदण्ड तोकिएको छ । पहाडी क्षेत्रमा ५ रोपनी भन्दा कम जग्गा राखिएका नयाँ पेट्रोल पम्पलाई अब सञ्चालन अनुमति नदिइने पोखरेलले बताए ।

शौचालय अनिवार्य

पम्पमा पुरुषका लागि दुईवटा शैचालयसहित ६ वटा युयुरिनरी र महिलाका लागि ४ वटा शौचालय तथा एउटा अपांगमैत्री शौचालय अनिवार्य गरिएको छ । पम्पभित्र सुरीषत पिउने पानीको ब्यवस्था अनिवार्य रुपमा गर्नुपर्नेछ । पम्पमा आकस्मिक अवस्थामा सोलार बिजुलीको व्यवस्था पनि हुनुपर्नेछ । अब पम्प छिर्ने र निस्कने सडक अनिवार्य रुपमा कालोपत्रे, कंक्रिट वा टयालिङ गरिएको हुनुपर्ने ब्यवस्था गरिएको छ । पम्पभित्र एप्रोच रोड, ट्यांक फार्म, बिक्री कक्ष, पार्किङ एरिया छुट्याउनुपर्नेछ । पम्पलाई पर्खालमार्फत सुरक्षित राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस