अब मोबाईल बाटै रहादानी 

0
36

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार अनुसार विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो ।विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको फाराम भरेर पठाएपछि सम्बन्धित निकायले आवेदन प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । 

राहदानी विभाग काठमाडौं, नेपाली दूतावास कतार, साउदी अरेबिया, मेलेसिया, अबुदाबी, बेलायत, कुवेत वासिंटन डिसी तथा महावाणिज्यदूतावास न्यूयोर्क र हङकङबाट राहदानीका लागि आवेदन फारम भर्न सकिनेछ ।