आज सडक विस्तारपीडित संघर्ष समितिले उपत्यका बन्द गरे

0
11

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले वुधबार आहृवान गरेको उपत्यका बन्द गरेका छन। बन्दको प्रभाव सामान्य परेको छ ।राजधानीका सडकमा निजी सवारसाधन गुडे पनि सार्वजनिक सवारी साधन भने निकै कम गुडेका छन् । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भएको छ । बजारका पसलहरु पनि अरु दिनको तुलनामा कम खुलेका छन् । उपत्यकाका सडकमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति छ । सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति पाउनु पर्ने भन्दै उपत्यका बन्दको आहृवान गरेको हो ।

सडक विस्तारपिडीत संघर्ष समिती’ नाममा बन्द गराउन निस्केका ४० जना घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ पक्राउ पर्नेमा काठमाडौंबाट ३४ जना रहेका छन् भने ललितपुरबाट ६ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले जानकारी दिए ।

काठमाडौंबाट ३४ जना पक्राउ परेका छन्  महानगरीय प्रहरी पसिरसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, बन्दको प्रभाव सामान्य देखिएको छ । काठमाडौंको कालीमाटी चोकदेखी सोल्टीमोड सम्मका पसलहरु बन्द गरिएको छ । कालिमाटी–सोल्टीमोड क्षेत्रमा उपत्यका विकास प्राधिकरणले घर भत्काउने तयारी गर्दै आएको छ । त्यस्तै टोखा क्षेत्रमा पनि सड्क विस्तार कार्य शुरु गरिएकाले बन्दको केही प्रभाव देखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस