क्रिसमसमा बिदा दिनु गल्ती- राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

0
88

 मन्त्रीपरिसदको बैठकमा क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर मन्त्रिपरिषद् बैठकमा प्रश्न  उठाउदै पृथ्वी जयन्तीमा विदा दिन माग भएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले केही ब्यक्ती डेलिगेशन आएकै भरमा विदा दिएको भन्दै असन्तुष्टि जनाएका छन्। यसले राज्य कति कमजोर रहेछ भन्ने उजागर गरेको उनले बताए । यो वर्ष क्रिसमसमा इशाई धर्मावलम्बीलाई मात्र विदा दिने निर्णय थियो । तर, गृहमन्त्री विमलेन्द्र निधिले अघिल्लो दिन साँझ अबेर मात्र मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा दिने घोषणा गरे । मन्त्रीपरिसदको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले सार्वजनिक विदा धेरै भएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताए । शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले पुस २७ मा पृथ्वी जयन्तीको अवसरमा विदा दिन माग गरे । उनले नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री दाहालले यसप्रति आफू सकारात्मक रहेको बताए । अफूहरुले पनि साना टाकुरे राज्यहरुलाई एकीकरण गरेको कार्यलाई ऐतिहासिक नै मानेको भन्दै उनले सार्वजनिक विदा दिन आफू सकारात्मक भएको बताएको एक मन्त्रीले जानकारी दिए ।यो विषय राजनीतिक पनि भएको भन्दै उनले यसबारे छलफलका लागि समय माग गरेका छन् । बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले गत वर्ष पनि पृथ्वी जयन्तीमा विदा दिने कुरा उठेको तर अन्तिममा निर्णय नभएको सुनाए ।