साहित्यकार कमलमणि दीक्षितको आज बिहान निधन

0
16

नेपाली भाषा–साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो ।

मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताएको छ । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोका स्थित निवासमा बस्दै आउनुभएको थियो ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित हुनुन्छ ।  साहित्यिक अनुसन्धानमा चाख राख्ने उहाका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति छन् ।मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष  रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा सक्रिय हुनुन्थ्यो । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१३ देखि सम्पादन गर्दै आउनु भएको थियो।
bigyapti-madan-puraskar-guthi