तमलोपाले सरकारको कदममा साथ नदिने 

0
9

तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधन नभए सरकारको कुनै पनि कदममा साथ नदिने चेतावनी दिएको छ । तमलोपाले संसद बैठक अवरोध नगर्न पनि विपक्ष एमालेसहितका दलहरुलाई आग्रह गरेको छ ।triphati

पार्टीको नवौं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा नलगे संविधान पनि कार्यान्वयन नहुने चेतावनी दिए । संविधान संशोधन गरेर चुनावको वातावरण बनाउनुपर्ने भन्दै उनले संसद बैठक अवरोध नगर्न विपक्ष गठबन्धनलाई आग्रह गरे । उपाध्यक्ष त्रिपाठीले संविधान संशोधन प्रस्तावमा आवश्यक परिमार्जनमार्फत् पारित गर्नुपर्दछ भन्दै   परिमार्जनसहित पारित गरौं भने, भुमाउरो पारामा संविधान संशोधन प्रस्ताव थाति रह्यो भने संविधान पनि थाति रह्यो भन्ने बुझे हुन्छ भन्ने कुरा ब्यक्त गरे ।

उनले संविधान संशोधन प्रस्ताव परिमार्जन भए निर्वाचनमा जान आफूहरु तयार हुने  स्पष्ट पारे ।उपाध्यक्ष त्रिपाठीले संविधान संशोधन प्रस्ताव परिमार्जन नभएसम्म सरकारले अघि बढाउने कुनै पनि कदममा साथ नदिने चेतावनी दिए ।उनले भने, ‘सबै समुदायको माग सम्बोधन नभएसम्म हामी मन, बचन र कर्मले आन्दोलनमा लागि रहन्छौं ।

प्रतिक्रिया दिनुहोस