गौहत्याको विरोधमा मध्यपश्चिम बन्द

0
43

कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले मध्यपश्चिम बन्द गराएका छन् ।  गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए । त्यसको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । 

बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् । दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको शहीद गेट नजिकै प्रहरीले नियन्त्रणमा लियो र सजायस्वरुप कान समातेर उठबस गर्न लगाका छन् ।

प्रहरीले उठबस गराएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि बिभिन्न राजनीतिक दलहरुले बन्द गराउँदा केही पनि नगर्ने प्रहरीले आज हिन्दुवादीहरुलाई सार्बजनिक स्थानमा सजाय दिएको भन्दै केही व्यक्तिले प्रहरीको आलोचना पनि गरेका छन् ।प्रहरीले घोराहीबाट मंगलबार बिहान ७ जना बन्दकर्तालाई नियन्त्रणमा पनि लिएको छ ।