प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझ्न मानेनन्

0
12
prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझ्न समय नदिएपछि आयोगले आज औपचारिक पत्र लेखेको छ। आयोगका अध्यक्ष बालानन्द पौडेलले एक साता अघि भेटेरै प्रतिवेदन बुझ्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। तर प्रधानमन्त्री दाहालले दलहरू स्थानीय तह पुनर्संरचनाबारे दलहरूबीच विवाद भएकाले केही समय कुर्न भनेका छन ।

आफ्नो जिम्मेवारीअनुसार आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरि प्रधानमन्त्रीलाई पत्र लेखेर प्रतिवेदन बुझ्न आग्रह गरिएको आयोगका सदस्य सुनिलरञ्जन सिंहले बताए। मंगलबार राजनीतिक विषयमा महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकाले प्रधानमन्त्री सिंहदरबार आउन नभ्याएको स्रोतले बतायो । मंगलबार बिहानै राजनीतिक छलफलका लागि गृहमन्त्री विमलेन्द्र निधी प्रधानमन्त्रीनिवास बालुवाटार छन् । संविधानले आयोगलाई दिएको स्थानीय तहको संख्या र सीमा निर्धारणको काम हामीले सम्पन्न गरेका छौं अध्यक्ष पौडेलले हामीले सबै गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाका केन्द्र पनि प्रस्ताव गरिसकेका छौं भने ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र मुख्यसचिव सोमलाल सुवेदीसमेतलाई बोधार्थ बनाईएको पत्र आज आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा दर्ता गरिएको हो। गत चैतबाट काम सुरू गरेको आयोगले दस महिना लगाएर स्थानीय तह पुनर्संरचनाको खाका बनाएको छ। मुलुकभर ७३०को हाराहारीमा स्थानीय तह बन्नेगरी आयोगले प्रतिवेदन तयार पारिसकेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने अझै केही समय यो प्रतिवेदन बुझिहाल्ने पक्षमा छैनन्।अहिले नै प्रतिवेदन बुझाएपछि त्यो अन्तिम हुन सक्ने र स्थानीय तहको संख्या हेरफेर गर्न नपाइएने भन्दै प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न नमानेको स्रोतको दाबी छ ।