भाषाणले होईन काम गरेर देश बनाउनु छ – खड्का

0
43

नेपाली काङ्रेशका नेता पूर्व मन्त्री पूर्ण बहादुर खड्काले आज नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यसमितिले शन्त नेता कृष्ण प्रशाद भट्टराईको जन्म दिवसको उपलक्षमा आयोजित रक्तदान कार्यक्रममा यो बेला भाषाण गर्ने होईन काम गर्ने बेला भएको बताउनु भएको छ। रक्त दान कार्यक्रममा बिद्यार्थीहरु संग सम्छिप्त कुरा गर्दै रक्तदान कार्यक्रममा रगत दान गरी कसैको ज्यान बच्चाउने काम गर्ने हो भन्नु भयो। भाषण धेरै भएकोले अब युवा बिद्यार्थीहरुले काम गर्नु पर्ने बताउनु भयो । शन्त नेता कृष्ण प्रसाद भट्टराईको जन्म दिवसको अवसरमा आयोजित कार्यक्रममा २०० जनाले रक्त दान गरेका थिए। नेबिसंघ महामन्त्री सरोज कुमार थापा, अपाध्यक्ष डिल्ली सुबेदी सहभागी कार्यक्रमको अध्यक्षता उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष पवन कुमार यादब गर्नु भएको थियो।त्रि-चन्द्र कलेजको प्राङ्णमा आयोजित कार्यक्रममा महामन्त्री सरोज कुमार थापाले सम्पूर्ण रक्तदाताहरुमा धन्यवाद प्रदान गर्नु भयो। blod-donation1