चैतभित्र नेपाल वायुसेवा निगमलाई नयाँ जहाज उपलब्ध

0
34

नेपाल वायुसेवा निगमले नयाँ एयरबस पाउने भएको छ । जहाज नयाँ वर्ष २०७४ अगावै काठमाडौं आइपुग्ने छ । वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको थियो । तर, एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ । निगमको प्राविधिक समितिले सञ्चालक समिति समक्ष एएआर कर्पोरेसनसँग जहाज खरिद गर्न सिफारिस गरेको छ । सञ्चालक समितिले सिफारिसको आधारमा निर्णय गरे निगमले खोजेभन्दा पनि नयाँ जहाज पाउने देखिएको हो ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खालेकोे टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । जसमध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले जानकारी दिनु भयो । कंसकारले भन्नु भयो हामीले एक हजार घन्टासम्म उडेको भएपनि मान्य हुने भनेका थियौ तर, एएआर कम्पनीले नयाँ जहाज सस्तोमा उपलब्ध गराउने प्रस्ताव ल्याएको छ ।  पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु निगमलाई बेच्न लागेको छ ।

वायु निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । र, सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ ।