कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह

0
18

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले आफूलाई अदालतभित्र कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् ।

बिहीबार विप्लव माओवादीका दुई विद्यार्थीले सर्वोच्चमै कार्कीमाथि आक्रमण गरी कालोमोसो दलेका थिए । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 अख्तियार प्रमुख कार्कीले भने उनीहरु कसैको गोटी मात्र भएको र आफूलाई तोजोबोध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको बताएका छन् । पक्राउ परेकालाई ‘अवोध कारिन्दा’ भन्दै उनले भनेका छन्, ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिथि तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु भने ।

प्रतिक्रिया दिनुहोस