एमाले राष्ट्रियता कमजोर बनाउन लागिपरेको छ – देउवा  

0
15

नेपाली काङ्रेशका सभापति शेर बहादुर देउवाले एमालेले सम्सदमा बखेडा झिकेर राष्ट्रियतालाई कमजोर बनाउन लागेको आरोप लगाउनु भएको छ। आज राजधानीमा आयोजित जिल्ला कोशाध्यक्षहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो। नेपाली काङ्रेश देशको ठुलो पार्टी भएकोले राष्ट्रियता र प्रजातन्त्र जोगाउनु हरेक काङ्रेशी कार्यकर्ताको दायित्व भएको बताउदै अब काङ्रेशले स्थानीय चुनावमा पार्टीलाई पहिलो बनाउनेगरी कृयाकलापमा लाग्न निर्देशन् दिनु भयो । तराई पहाड हिमाललाई एकता बद्ध बनाउन सबै राजनीतिक दल लाग्नु पर्छ भन्दै एमालेको पनि कुनै दिन बुद्धी आउने र शाहकार्य गर्ने बताउनु भयो। bhelaa

नेपाली काङ्रेशको जिल्ला कोशाध्यक्षहरुको भेलामा पार्टीका वरीस्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शासन्क कोईराला, कोशाध्यक्ष सिता देवी यादब तरुण दल अध्यक्ष जितजङ बश्नेत लगायतले आफ्नो धारणा राखेका थिए। भेलामा देश भरीका जिल्ला कोशाध्यक्षहरुको उपस्थीति रहेको छ भने कार्यक्रम भोली सम्म चल्ने छ।