जिल्ला कोषाध्यक्षहरुको सम्मेलन पुस ८ र ९ गते राजधानीमा

0
39

नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको सम्मेलन प्रचार प्रसार समितिले बुधबार पत्रकार सम्मेलन गरी पुस ८ र ९ गते राजधानीमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको संयोजक गोविन्द पुडाशैनीले हाम्रो सेरोफेरोलाई बताउनु भयो। 

नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणगरी नेपाली कांग्रेस पार्टीलाई आएको चन्दाको शही सदुपयोग गर्नका लागि पनि सम्मेलनको आयोजना गरिएको संयोजक पुडासैनीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस