जनजातिको महाधिवेशनबाट जगत बराम विजयी

0
11

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलको प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् ।५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत पाएको नेपाल आदीवासी जनजाति जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदम गुरुङ्ले जानकारी दिए, १ मत बदर भएको थियो । उपाध्यक्षमा पनि संयुक्त प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन् ।

यस्तै महासचिवमा संघीय समाजवादीका नित्यानन्द ताजपुरिया र कोषाध्यक्षमा माअाेवादी मुकुन्द पहारी विजयी भएका छन् । ताजपुरियाले ३७ र उनका प्रतिद्वन्दी टासी हृवाल्मुले १५ मत पाएको थिए । कोषाध्यक्षका उम्मेदवार मुकुन्द पहारीले ३६ मत प्राप्त गरेका थिए । उपाध्यक्षहरुमा माअाेवादीका गणेश थकाली र कुष्णकुमारी थकाली विजयी भएका छन् । त्यस्तै सचिवमा श्रृति कुमाल विजयी भएको भुलेज समाजका केन्द्रीय सचिव प्रकाश भुजेलले जानकारी दिए । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेका थिए

महाधिवेशनले सङ्घीय संरचना अनुसार विधान संशोधन गरेर १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाइएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । महाधिवेशनबाट संशोधीत विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ८ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको छ । समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिष्पर्धा हुने तथा पाँच जना महिला सचिव अनिवार्य गरिएको छ । महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद् र ५६ वटा महासङ्घमा आवद्ध जातीय संस्थाबाट ४५० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक महाधिवेशनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस