नेबिसंघ द्वारा असाहायलाई सहयोग

0
47

नेपाल बिद्यार्थी संघले आज काठमाण्डौको वानेश्वोर, शान्तीनगर स्थित असाहाय सेवा सदनमा ५३ जना असाहय जेष्ठ नागरिकलाई कम्बल तथा ब्लान्केट बितरण गरेको छ। कार्यक्रमको उध्घाटन् गर्दै पररास्ट्र मन्त्री प्रकाश शरण महतले बिद्यार्थीले आफ्नो कार्य छोडेर जेष्ठ नागरिकलाई शाहयोग गरेको कार्य बाट सबैले सिक्नु पर्ने बताउनु भयो । 

9कार्यक्रममा बोल्दै मन्त्री महतले राज्यले गर्नु पर्ने कार्य बिद्यार्थीले गरेको भन्दै यसको उचित मुल्याङ्कन हुने बताउनु भयो। जाडो याममा बढी जेष्ठ नागरिक र बालबालिकालाई समस्या हुने, बिरामी पर्ने हुँदा यो समय यिनीहरुको राम्रो हेरचाहमा सरकारको ध्यान गएको बताउनु भयो।6

नेबिसंघका केन्द्रिय उपाध्यक्ष एबम् कार्यबहाक अध्यक्ष पुष्पकुमार शाहीले कार्यक्रमको अध्यक्षता गर्दै बिद्यार्थीले पढ्ने कार्य मात्र नगरि आफ्नो समाज प्रतिको दायीत्व सम्झनु पर्ने बताउदै यो कार्य समाजसेवा नभई आफ्नो कर्तब्य पालना गरेको भन्नु भयो। कार्यक्रमको शहजिकरण्को नेबिसंघ केन्द्रिय सदस्य सिता गौतमले गर्नु भएको थियो। कार्यक्रममा दुई लाख पचास हजार वरावरको सामाग्री बितरण गरिएको थियो। nsu-kambal-bitaran

प्रतिक्रिया दिनुहोस