भारतीय नोटमा लगाएको प्रतिबन्धले नेपालको आर्थिक वृद्धिमा असार पर्ने

0
18

भारतमा पाँच सय र एक हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालको आर्थिक वृद्धिमा पनि असार पर्ने भएको छ । फिच रेटिङ एजेन्सीको एक अध्ययनमा भारतमा लगाइएको प्रतिबन्धको असर नेपालको आर्थिक विकासमा पर्ने उल्लेख आजको कारोबार दैनिकमा प्रकासित छ । अध्ययनले भारतको निर्णयले नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत कायम हुने छ । यस अघि सोही संस्थाले गरेको अध्ययनमा २.५ प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको थियो ।

धेरै संख्यामा नेपालीहरु भारतमा रोजगारीमा रहेका, नेपालीहरु उपचारका लागि भारतमा जाने, पर्यटनमा ठूलो हिस्सा भारतीय पक्षको रहने र उनीहरुले ठूला दरका भारु लिएर जाने गरेको जस्ता तथ्यहरुको अध्ययनले समग्रमा यी गतिविधिमा संकुचन आउँदा आर्थिक वृद्धिमा धक्का दिने उल्लेख गरेको छ । नेपालका सरकारी अधिकारी तथा अर्थशास्त्रीले पनि भारुका ठूला नोट नचल्दा आर्थिक वृद्धि प्रभावित हुने स्वीकारेका छन् । उनीहरुले आर्थिक वृद्धि घट्ने र यसले मूल्य वृद्धि बढाउने दावी गरेका छन् ।हिल भारु सटहीमा विभिन्न दरहरू उपयोग गर्ने गरेको पाइन्छ।

अहिले भारतीय सिमामा भारु एक सयको १८० रुपैयाँ, पुरानो पाँच सय र एक हजारको प्रतिसय एक सय ५० रुपैयाँ, नयाँ पाँच सयको प्रतिसय एक सय ६५ रुपैयाँ, दुई हजारको प्रतिसय एक सय ७० रुपैयाँसम्ममा कारोबार हुने गरेको छ। तर, नेपाली सिमामा भने यसको मौद्रिक मूल्य घटेर भारु एक हजारको नेपाली एक हजारमै कारोबार हुने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस