तरुण दलका नेता भन्छन् – हाम्रा केटाहरु पिटिए

0
15

काठमाडौंको  ठमेलमा गएको शुक्रबार मध्यराति दुई समूहवीच कुटपिटभयो । एमाले  र कांग्रेस समर्थित युवाहरुका नाममा भएको यो कुटपिटबाट केही युवा घाइते भएर अस्पताल पुगे । केस प्रहरीसम्म पुग्यो तर, अन्तिममा मिलापत्र भयो तर समाचार बहिर आएन। 

किन आएन समाचार बाहिर ? 

चारदिनसम्म बाहिर नल्याई गोप्य राखिएको यो झडपमा युवा संघ नेपालका केन्द्रीय लेखा समिति सदस्य वकिल बम घाइते भएको र अस्पताल भर्ना भएको स्रोतले बतायो । तर, तरुण दलका एक नेताले भने एमालेका कार्यकर्ताको पिटाइबाट आफ्ना कार्यकर्ताहरु चाहिँ घाइते बनेको बताए । ठमेलको नर्सिङचोकस्थित इबिजा लाउन्जका सञ्चालक समेत रहेका युवा संघका नेता वकिलबहादुर बमको समूह र फेसस लाउन्जका बाउन्सर कुबेर पौडेलको समूहवीच फाइट परेको प्रहरीले बतायो । हाल फेसस लाउन्जमा कार्यरत पौडेल सात महिनाअघि वकिलबहादुर बमको इबिजाकै बाउन्सर थिए । पौडेलले आफूलाई अन्यायपूर्वक निकालिएको भन्दै शुक्रबार युवा संघका नेता बमसँग भनाभन गरेका थिए ।

यही निहुँमा राति करिब पौने २ बजे दुई समूहवीच हानाहान भएको थियो । १२ बजेदेखि नै विवाद भएको र राति पौडेल समूहले पौने २ बजे थप केटाहरु बोलाएपछि दुवै समूहवीच हानाहान भएको थियो । झगडाका क्रममा युवा संघका नेता बमसहित अर्को समूहका दुईजना घाइते भएका थिए । बमलाई ढाडमा र अर्का समूहका दुईजनाको आँखामा चोट लागेको थियो । उनीहरु अस्पतालमा उपचार गराएर घर फर्किए । घटनापछि आफ्नो कार्यकर्ता बमलाई भेट्न युवा संघका अध्यक्ष राजीव पहारीसमेत अस्पताल पुगे तर संघले  नेता बम पिटिँदासमेत एउटा वक्तव्य पनि निकालेन । कारण राजनीतिक  नभई ‘हप्ता उठाउने’ विषयमा नेताले पिटाइ खाएको एक नेताले  ।

तरुण दलका नेता भन्छन् – हाम्रा केटाहरु पिटिए

कांग्रेसनिकट तरुण दलका नेताले भने- ‘यो झडपमा युवा संघका हैन, हाम्रा केटाहरु चाँहि घाइते भएका छन् । तर, यिनीहरु युवा संघ र तरुण दलको नाम लिन्छन् र आपसमा लडाईं गर्छन्, जसले गर्दा हामीलाई समेत हैरानी भइसक्यो ।

प्रतिक्रिया दिनुहोस