युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या, बुटवलको सडकमा टायर बले

0
4

युवा संघ रुपन्देही अध्यक्ष तथा देवदहका व्यवसायी दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ । घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । समिति घटनाबारे बुझ्न  बुटबल जानेछ ।विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चल बन्दको आह्वान गरिएको छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले बाताए । यसै बिच हिजो हत्त्याको खबर सुन्ने बित्तीकै  युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । तर, प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुन पाएन ।butwal-yuba-sangh

आज पनि बुटवल असान्त बनेको छ । युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका छन् । महासचिव किरण पौडेलका अनुसार हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरिरहेकोछ । तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनीमा गोली प्रहार भएको थियो । उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । यता प्रहरीले भने घटनामा संलग्नलाई पक्राउ गर्न यस क्षेत्रको सुरक्षा अवस्थामा कडाइ गरेको छ । प्रहरीले आक्रमणकारी भाग्न सक्ने मुख्य नाकामा कडा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आक्रमणकारी मनोज पुनको खोजीका लागि उनको फोटो समेत सार्वजनिक गरेको छ ।

प्रहरीले निज पुन यसभन्दा अगाडि सङ्गठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको र सोमबार देवदहमा तिवारीलाई गोली प्रहार गर्ने घटनामा प्रत्यक्ष समेत संलग्न रहेको बुझिएको भन्दै उनलाई पक्राउ गर्न फोटो सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस