मन्त्रीद्वारा तीन कमिसनखोर बर्खास्त 

0
11

लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालक समिति सदस्यहरुलाई सरकारले बर्खास्त गरेको छ ।सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो ।

कुलमान घिसिकुङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकहरु अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको हो ।स्रोतका अनुसार  १८ घण्टा लोडसेडिङ हुँदा पनि चिन्तित नदेखिएका तर लोडसेडिङ हटेपछि कमिसन खान नपाएर छटपटाएका तीनैजनालाई मन्त्रीज्यूले स्पष्टीकरण सोध्नुभएको हो।

कु्लमान घिसिङले लोडसेडिङ हटाएकोमा अत्तालिएका विद्याुत प्राधिकरणका सञ्चालकमध्ये मनोजकुमार मिश्र र लक्षमण लाल अग्रवाल खिलराज रेग्मीका पालामा नियुक्त भएका हुन् । उनीहरुलाई तत्कालीन उर्जामन्त्री उमाकान्त झाले नियुक्त गरेका थिए । कुलमान घिसिङ कार्यकारी प्रमुख हुनुअघिसम्म जनतामा लोडसेडिङ गराएर कमिसन खान पाउञ्जेल यिनीहरु चैनले बसिरहेका थिए ।

त्यसो त एमाले नेतृ राधा ज्ञवाली उर्जामन्त्री बनेका बेलामा उनले मिश्र र झालाई हटाएकी थिइन् । तर, उनीहरु अदालतबाट पुनर्वदहाली भएर फेरि प्राधिकरणमा आए । फर्केर आएपछि लोकमानसिंह कार्कीको आडमा मन्त्री राधा ज्ञवालीलाई नै अख्तियार लगाएर पदबाट राजीनामा दिन बाध्य बनाएका थिए ।

अख्तियारको आडमा उर्जामन्त्रीलाई नै हटाउने सक्ने वापर बोकेका मिश्र र अग्रवालले फेरि अहिले कुलमान घिसिङलाई हटाउनका लागि अख्तियार गुहारेका थिए ।

प्रतिक्रिया दिनुहोस