छक्का पञ्जा एकसय दिनमा तर उत्सब मनाएन

0
16

चलचित्र ‘छक्का पञ्जा’ले प्रदर्शनको १०० दिन पार गरेको छ । आजदेखि थप १३ हलमा चलचित्र प्रदर्शन भएको दीपकराज गीरिले बताए ।चलचित्रको निर्देशन् चर्चित हास्य अभिनेत्री दिपाश्री निरौला ले गरेकी हुन्।  चलचित्रप्रति दर्शकको रुची क्रमश बढ्दै गएकाले शनिवारवाट मोफसलका १३ हलमा चलचित्र प्रदर्शन गरिएको निर्देशक दिपाश्रीले बनाइन् । एकसय दिन पार गरेको उपलक्ष्यमा छक्कापञ्जा युनिटले विषेश उत्सब मनाउने योजना बनाएको थियो ।rp

तर, हाँस्य कलाकार आर पी भट्टराईको निधनले १३ दिन पुगेपछि मात्रै उत्सब मनाउने दीपाश्रीले बताईन् । ‘आरपीजीको निधन भएकाले उत्सब केहि पछि मनाउने निर्णय गरेका छौं’ दीपाश्रीले भनिन् । दीपकराज गीरिले यसले सफलताले आम चलचित्रकर्मीलाई खुसी तुल्याएको प्रतिक्रिया दिएका छन् । यो उपलब्धि युनिटको मात्रै नभई समग्र नेपाली चलचित्र क्षेत्र र हाँस्यब्याङग्य क्षेत्रको भएको दिपकराज गीरिले भने । दीपकराज गीरि, पि्रयंका कार्की, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, शिबहरि पौडेल, वर्षा  राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस