अनेरास्ववियुभित्र विवाद चुलियो

0
5

नेपाल कम्नियुस्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि सो विवाद चुलिएको हो ।

विश्वभाषा क्यामपसमा बिहीबार आयोजित विद्यार्थी भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलमले आरोप लगाएका छन्। परिपरिपत्रसँगै पार्टी अध्यक्षनिकट चिनिएका कार्यकर्ताहरु नै दुई खेमामा बाँडिएका छन् ।यसले बिद्यार्थी आन्दोलनलाई कमजोर बनाउने अगुवा बिद्यार्थी नेताहरु बाताएका छन्। 

प्रतिक्रिया दिनुहोस