मुस्ताङका पूर्वराजा विष्टको निधन

0
16

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको गएराती १२.५० मा निधन निधन भएको छ। विष्टको निमोनिया र ‘हार्ट फेल’ भएका कारण निधन भएको ओम अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए।

८६ वर्षीय विष्ट लामो समयदेखि श्वासप्रश्वासको समस्याले ग्रसित थिए। उनलाई गत मंगलबार ओम अस्पताल भर्ना गरिएको थियो। हाल विष्टको शव बौद्ध गुम्बामा राखिएको छ र साइत हेराएर मात्र अन्तिम संस्कार गर्ने पारिवारीक स्रोतले जनाएको छ।

उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका तेस्रो छोरा हुन् र उनको जन्म उपल्लो मुस्ताङको लोमान्थाङमा भएको थियो। उनलाई सन् १९५९ मा राजा आङ्गुनको उत्तराधिकारीको रुपमा नेपालका तत्कालीन राजाले मान्यता दिएका थिए।