युवाहरु ब्रोकर होईन अब वोर्कर बन्नु पर्छ

0
25

नेपाली काङ्रेशका नेता तथा सभासद मिन विश्वकर्माले युवाहरु ब्रोकर होईन अब वोर्कर बन्नु पर्ने बताउनु भएको छ। आज राजधानीमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको राष्ट्र निर्माणमा युवाको भूमिका बिषयक विचार गोस्ठीमा प्रमुख बक्ताको रुपमा आफ्नो धारणा राख्दै सो कुरा बताउनु भएको हो । कार्यक्रमा बोल्दै नेता विश्वकर्माले युवाहरुको योगदानले देश निर्माणमा ठुलो योगदान रहेको बताउदै युवाहरुमा राजनैतिक जागरण आएको, अब युवामा काम गर्ने जागर आउनु पर्ने कुरा बताउनु भयो। फ्रोड्रीक ईबर्ट स्टीफटुङको सहयोगमा स्कुल अफ डिमोक्रेसीद्वारा आयोजित कार्यक्रममा कार्यक्रममा नेकपा एमालेका नेता तथा सभासद लाल बाबु यादबले राष्ट्र निर्माणमा युवाहरुले अझै योगदान दिनु पर्ने बताउदै जात होईन नेपाली भनेर नेपाली बनेर कर्म गर्न युवाहरुलाई आग्रह गर्नु भयो। 3

कार्यक्रममा प्रध्यापक देबराज दाहाल, ट्रेड युनियन काङ्रेशका अध्यक्ष खिलानाथ दाहालले युवाको भूमिकाको बारेमा चर्चा गर्नु भयो। गोस्ठीमा कानुनका प्रध्यापक राम कृष्ण तिमील्सिनाले युवा नेपालको कानुन र राजनीति तथा नेकपा माओवादी केन्द्रका स्थाइ समिती सदस्य लेखनाथ पौडेलले हाम्रो राजनीति कता छ बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा स्कुल अफ डेमोक्रसीका सस्थापक सदस्य तिर्थ गौतमले स्वागत तथा नेपाल बिद्यार्थी संघका उपाध्यक्ष एबम कार्यवहाक अध्यक्ष पुष्प कुमार शाहीले उपस्थित युवाहरुलाई धन्यवाद दिनु भएको थियो । स्कुल अफ डेमोक्रेसीका नव निर्वाचित अध्यक्ष डा सन्जिव मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन सस्थाका पूर्व निर्देक, द्वन्द तथा शान्ती अनुसन्धानकार्ता चिरिन्जिवी भण्डारीले गर्नु भएको थियो भने बिचार गोस्ठीमा बिभिन्न राजनैतीक दलका भात्री संगठनका युवा बिद्यार्थीहरुको उपस्थीती रहेको थियो।

प्रतिक्रिया दिनुहोस