सांसद आफ्नै कार्यकर्ताबाट कुटिए

0
16

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा आफ्नै कार्यकर्ताबाट बझाङ क्षेत्र नम्बर दुईका सांसद लालबहादुर रावल कुटिएको सुन्न मा आएको छ । कार्यकर्ता मानबीर बोहराबाट सांसद लालबहादुर रावल बिहिबार दिउँसो कुटिएको श्रोतको दाबी छ। उनी कुटिदा धुम्बाराहीमा एमाले स्थायी समितिको बैठक चलिरहेको थियो । बझाङमा गरिएकाे स्थानीय तह पुन:संरचनामा असन्तुष्टि जनाउँदै एक टोली काठमाडौं डेलिगेसन आएको थियो । त्यसमा एमालेका स्थानीय नेतादेखि विभिन्न दलका प्रतिनिधि र सांसद समेत थिए । डेलिगेसनमा आएकाहरुको नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको काडा गाविस (११६३ बर्गकिलोमिटर) लाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गरेका थिए । स्थानीय तह पुर्नसंसचना आयोगले त्यसलाई अस्वीकार गरेपछि त्यसविरुद्व सांसद तथा स्थानीय प्रनिधिहरुले बसेर छुट्टै गाउँपालिका बनाउने निर्णय गरेर  त्यही डेलिगेसन लिएर उनीहरु काठमाडौं आएका थिए । 

एमाले नेताहरुको ध्यानाकर्षण गराउन नेता अफिलाल ओखेडा र कुटिएका लालबाहादुर रावलले पार्टी नेतृत्वसँग छलफल गराउने भन्दै डेलिगेसन प्रतिनिधिलाई धुम्बाराही ल्याए । त्यहाँ कार्यकर्ताहरुले रावललाई आफूहरुको मागमा समर्थन गर्दै हस्ताक्षर गर्न आग्रह गरे । तर, उनले ‘म गर्दिन तिमीहरु के गछौं गर’ भन्दै आक्रोश पोखेपछि कार्यकर्ता मानबीर बोहराले उनको छातीमा मुक्का हानेको  श्रोतको दाबी छ। उनलाई मुक्का हानेपछि अर्का एक कार्यकर्ता छुट्याउन पुग्दा उनको ति कार्यकर्ताको हातमा सामान्य चोट लागेको छ । कुटिएका रावलले पुर्नसंरचना ठीक रहेको भन्दै त्यसमा हस्ताक्षर गर्न नमानेका हुन् । जवकी कांग्रेस सांसद चन्दा जोशी र अफिलालसहित जिल्लाका सबै प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कार्यकर्ताको मुक्का प्रहारपछि धुम्बाराही केहिबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन एमाले नेताहर ठाकुर गैरै सूर्य थापा र राजन भट्टराईलाई हम्मेहम्मे परेको थियो ।