स्कुल अफ डिमोक्रेसीको अध्यक्ष पदबाट नैनसिंह महरको राजिनमा

0
154

नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्कुल अफ डिमोक्रेसीको अध्यक्ष पदबाट राजिनमा दिनु भएको छ। सो राजिनमा स्विक्रित भएपछी सस्थाका उपाध्यक्ष डा सञ्जय मिश्रले कार्यबहाक भई कार्य समालेको कुरा स्कुल अफ डिमोक्रेसीले हाम्रो सेरोफेरोलाई जानकारी गराएको छ। महरले ने बि संघको अध्यक्ष भई सकेपछी संगठनको कार्यमा ब्यस्त हुनुपरेकोले राजिनमा दिईएको बुझिन आएको छ। महरले स्कुल अफ डिमोक्रेसीको अध्यक्ष भएर नेपाल र विश्वका प्रभाबसली राष्ट्रका युवाहरुलाई प्रजातान्त्रिक समाजबादका बारेमा प्रशिक्षण दीई सक्नु भएको छ । महर युवाहरु बिच प्रजातान्त्रिक समाजबादका सन्बन्धमा स्पस्ट धारणा राख्न सक्ने युवाका रुपमा पारीचित हुनुहुन्थ्यो। school-of

यसै बिच स्कुल अफ डेमोक्रसीले भोली इन्द्रेणी फुडल्यान्ड नयाँ वानेश्वोरमा ”राष्ट्र निर्माणमा युबाहरुको भूमिका” बिषयक बिचार गोस्ठी को आयोजना गरेको छ। सो कार्यक्रमको समुद्घघाटन नेपाली काँग्रेसका नेता, नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधीले गर्ने रहेको कुरा आयोजक सस्थाले जनाएको छ ।

गोस्ठीमा नेपालका बिभिन्न राजनीतिक दलका नेताहरुले राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कुराको जानकारी निबर्तमान अध्यक्ष नैनसिंह महरले बताउनु भयो । स्कुल अफ डेमोक्रसीले युवाहरुमा प्रजातान्त्रिक समाजवाद, विश्वमा प्रजातान्त्रिक आन्दोलनको सफलता, प्रजातान्त्रिक योद्धाको जीवनिको बारेमा जानकारी, तथा बिभिन्न बिषयमा प्रशिक्षण कार्यक्रम गर्दै आई रहेको छ । 

भोलीको सो कार्यक्रमले युवाहरुमा राष्ट्र निर्माणमा आफ्नो भूमिका पहिचान गर्न सहज हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस