सिन्धुली महोत्सवको तयारी पुरा

0
15

पुसको दोस्रो साता सिन्धुली उद्योग वाणिज्य संघले सिन्धुली महोत्सव गर्ने भएको छ । आज राजाधनिमा पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । सम्मेलनमा संघका अध्यक्ष विनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।sindhuli-bardibas-highway

सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्नेको गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रवद्र्धन गर्न सिन्धुली महोत्सव गर्न लागेका हौं, त्यस अवसरमा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले महोत्सवकोे अवलोकन गराउन काठमाडौंबाट ठूलो संख्यामा जिल्लावासीलाई लैजान ‘जाउँ है सिन्धुली’ अभियान सञ्चालन गरिएको बताए । ‘आगामी वर्ष अंग्रेजी सेनालाई सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले परास्त गरेको २ सय ५० वर्ष पुग्दै छ, उनले भने, ‘त्यस वर्षभर अभियानले विजयोत्सवका विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।’ उनले सिन्धुलीका कलाकारहरूको कन्सर्ट, सिन्धुलीगढीवरपरका गाउँमा होमस्टे तालिम, सिन्धुलीका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, सिन्धुलीगढीमा तत्कालीन अवस्थामा भएको लडाइँलाई सम्झाउने गरी नाटक प्रदर्शन, गढीमा कला तथा कवि गोष्ठीलगायतका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

सिन्धुली महोत्सवका सहआयोजकमा सिन्धुली जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको रहेका छन् । महोत्सवमा २ सय ५० ओटा स्टल रहनेछन् । त्यसमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत वस्तुहरूको, होटल, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीहरूको उत्पादन प्रदर्शनीमा राखिनेछ । महोत्सवको पार्टनरमा एबीसी टेलिभिजन, अर्थ संसार डट कम, स्थानीय दैनिक पत्रिका, एफएम रहेका छन् । महोत्सवको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गर्ने आयोजकले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस