राप्रपामा जम्बो पदाधिकारी चयन

0
18

राप्रपाले भागवण्डाका आधारमा जम्बो पदाधिकारी चयन गरेको छ ।पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराको सहमतिमा उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादवलाई जिम्मेवारी दिएको हो । त्यसैगरी महामन्त्रीमा टंक ढकाल, धु्रवबहादुर प्रधान, राजेन्द्र लिंदेन, विक्रम पाण्डे, डा धवलशमशेर जबरा र नरेन्द्र चौधरीलाई चयन गरेको अध्यक्ष कमल थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी दुईजनालाई दिइएको छ । उद्धव पौडेल र नीलकण्ठ काफ्ले कोषाध्यक्ष बनेका छन् । बैठकले पार्टी प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ, सहायक प्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, वसन्तमानसिंह अधिकारी र राजाराम बर्तौलालाई तोकेको छ । अन्तरिम विधान तथा पार्टीको एकीकरणको नीति र आधार पत्रमा व्यवस्था भएबमोजिम पदाधिकारी चयन गरिएको राप्रपाले जनाएको छ ।राप्रपा र राप्रपा नेपालबीच एकतापछि बनेको राप्रपामा नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस