मुलुकलाई निकास दिन युवा विद्यार्थीहरु लाग्नु पर्छ-देउवा

0
90

1नेपाली काङ्रेशका सभापति शेरबहादुर देउवाले मधेश र पहाडबीच विभाजन ल्याउने गरी देशका विभिन्न भागमा आन्दोलन भइरहेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भएको छ ।  नेपाल बिद्यार्थी संघले आज राजधानिमा आयोजना गरेको सदस्यता बितरण तथा बिद्यार्थी जागरण अभियान कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले सङियताले राष्ट्रको समुल बिकास र बिकेन्द्रिकरणमा सहयोग पुर्याउनेमा जोड दिनु भयो ।

सभापति देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सार्नु भयो । २०७४ साल भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले पनि स्थानीय तहको निर्वाचन पुरानै संरचना अनुसार गर्नुपर्ने बाध्यता रहेको तर्क गर्नु भयो । पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गराउन विपक्ष एमाले सहमत हुने र त्यसमा राष्ट्रिय सहमति जुटने विश्वास पनि व्यक्त गर्नु भयो। देउवाले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीसँग आईताबार भएको भेट पनि निर्वाचन सम्पन्न गराउने विषयमा केन्द्रित रहेको जानकारी पनि दिनु भयो । सभापति देउवाले मधेशको भावना सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याउनु परेको दावी पनि दाबी गर्नु भयो

सभापति देउवाले मुलुकलाई निकास दिन युवा विद्यार्थीहरु लाग्नुपर्ने आवश्यकता समेत सो क्रममा औंल्याउनु  भयोकार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइराला, प्रकाशमान सिंह, नेपाल तरुण दलका नब निर्बाचित अध्यक्ष जितजङ बस्नेत लगायतका नेताहरुले आफ्नो धारणा राख्दै यो अभियानले आउदो स्वबियु निर्वाचनको नतिजा ने बि संघको पोल्टामा पार्न सहयोग पुगोस भन्ने शुभकामना ब्याक्त गर्नु भयो । 10

कार्यक्रमको अध्यक्षता गर्दै ने बि संघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले बिद्यार्थीहरुलाई आजदेखी नै सदश्यता बितरण तथा नबिकरण अभियानमा लागि आउदो स्वबियु निर्वाचनमा ने बि संघलाई अत्याधिक बहुमतले बिजयी गराउदै, स्थानिय निर्वाचनमा नेपाली काङ्रेशलाई गाउ गाउ बाट बिजयी गराई देको पहिलो पार्टी बनाउन सहयोग गर्न निर्देशन दिनु भयो ।  जागरण अभियान कार्यक्रमको सन्चालन ने बि संघका महामन्त्री सरोज कुमार थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस