सरकारले साझा प्रकाशनलाई तीस करोड दिने

0
11

sajhaआर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन सरकारले ३० करोड  दिने निर्णय गरेको । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी  ३० करोड प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा थियो । मन्त्री पौडेलले प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए ।  पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए ।

सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत स्रष्टाहरुले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गरेका थिए  । करिब एक हजार ५०० स्रष्टाहरु सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस