काठमाडौंको बौद्धमा हवाई फायर

0
18

काठमाडौंको बौद्ध नयाँ बस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । ३०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।pic-police

सो क्रममा दुई पक्षीय झडप समेत भएको र असई सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा सई विद्याधर चौधरीको कमाण्डमा प्रहरीहरु कार्यरत थिए । एक स्थानीय ट्याक्सी चालकको शंकास्पद मृत्युमा विवाद उत्पन्न भएका कारण प्रहरी चौकीका सईसहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रहरीको दाबी छ। दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबार बिहानै प्रहरी चौकी आक्रमण गरेका थिए। प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको स्थानीयको आरोप छ। उनकै आफन्तले दोषीलाई कारबाहीको माग गर्दै बिटमा पुगेको र एकाएक तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले अराजक गतिविधि गर्न संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले चौकीबाट निस्केर ८ राउण्ड हवाई फायर गरेको थियो। चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो। आक्रमण गर्नेले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन्।

प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिई  घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस