संघीएता जनताले चाहेको जस्तो छैन- कोईराला

0
18

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सङ्घीयताको कार्यान्वयनमा विवाद देखिनुको पछाडि तयारी अपुग भएको बताएका छन् ।

हिजो स्याङ्जाको मूल्याङ्कोट गाविसको दार्सिङमा रहेको राममन्दिर उच्च माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै नेता कोइरालाले मधेसवादी दल र सरकारले संसद्मा पेस गरेजस्तो सङ्घीयता आवश्यक नभएको बताउँदै सबैको मन जित्ने खालको सङ्घीयताका लागि अझै तयारी गर्नु आवश्यक रहेको र अहिलेको संघीएता जनताले चाहेको जस्तो हुन नसकेको बताउदै “सङ्घीयताले धेरै पछाडिसम्म असर पार्न सक्छ” भने। दलगत स्वार्थलाई एकातिर पन्छाएर जनताको सुविधालाई मध्यनजर गरी हिमाल, पहाड र तराई नछुट्ने गरी सङ्घीयता निर्माण गर्नसके त्यो प्रभावकारी हुन सक्ने  कुरा बताए। ।

नेता कोइरालाले देशमा देखिएको अन्योलताको स्थितिलाई चिर्नु आजको आवश्यकता भएको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नभएको दाबी गरे ।