ने बि संघले सदस्यता बितरण छ महिने महा-अभियान सन्चालन गर्दै

0
17

नेपाल बिद्यार्थी सँघले छ महिने साधारण सदस्यता बितरण अभियान सुरु गर्ने भएको छ। शुक्रबार बसेको केन्द्रिय समिती र उपत्यकामा उपलब्ध अगुवा कार्यकर्ताको समुक्त बैठकले सोमबार बिहान ८ बजे त्रिचन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गर्न लागेको कुरा ने. बि. संघका अध्यक्ष नैनसिंह महरले हाम्रो सेरोफेरोलाई जानकारी दिनुभयो । कार्यक्रमको उध्घाटन नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा गर्न लागिएको बताउनु भयो । यस महाअभियानले बिद्यार्थीमा ने. बि. संघको पहिचान बढ्ने, आउदो स्वबियु निर्वाचनमा सदश्यता बितरणले ने बि संघको पक्षमा जन भावना बढ्ने कुरा महरले जानकारी दिनु भयो। nain-sing-mahar

यस महा अभीयान अन्तर्गत पुराना सदस्य नबिकरण तथा १६ बर्ष पुगेका बिद्यार्थीहरुलाई नयाँ सदस्यता बितरण गरिने कुरा संघका केन्द्रिय महामन्त्री सरोज कुमार थापाले बताउनु भयो । नेपाल बिद्यार्थी संघमा आबद्ध देश बिदेमा गरी कारीब छ लाख बिद्यार्थी कृयासिल सदस्य रहेको छ। नेपाल बिद्यार्थी संघले देमा ब्याप्त शिक्षाको दलालिकरण र ब्यापारिकरण बिरुद्ध आवाज उठाउदै शिक्षामा सर्ब-साधारणको शहज पहुचको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस